Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

रुपन्देही : रूपन्देहीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक दम्पतीले ज्यान गुमाएका छन् ।जिल्लाको गैडहवा गाउँपालिका-६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तरकारीमा सिँचाइ गर्नका लागि ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको हो ।सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले लागेको प्रहरीको भनाइ छ ।दुवैजनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट