Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१ उमरिचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ ।काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएका छन् । घाइतेको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट