Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

असई मिलन रायको बीभत्स हत्यामा संलग्न एकजना पक्राउ

असई मिलन रायको बीभत्स हत्यामा संलग्न एकजना पक्राउ

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुपाल्चोक घर भएका ओम पौडेल हुन् ।भदौ २४ गतेको प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई रायलाई उद्दण्ड समूहले आक्रमण गरी हत्या गरेको थियो।

भिडियो फुटेजमा पौडेलले रायको अनुहारमा मुङ्ग्रो प्रहार गरी बीभत्स ढंगले हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई धापासीबाट पक्राउ गरेको हो ।सोही दिन आन्दोलनकारीले प्रहरी वृत्त महाराजगन्जमा आगजनीसमेत गरेका थिए। घटनामा असई रायसहित जवान उत्तम थापाको ज्यान गएको थियो।

यसअघि असोज ४ गते प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । अदालतले उनलाई थप अनुसन्धानका लागि प्रहरीले मागेको १० दिनको म्याद स्वीकृत गरेको छ।यससँगै प्रहरी हत्या प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या दुई पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट