काठमाडौं : जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा तैनाथ दुई प्रहरीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीको विशेष टोलीले काभ्राका युवराज क्यापछाकीलाई सोमबार पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार आन्दोलनकै क्रममा प्रहरी जवान मिलन राय र उत्तम थापामाथि भीडद्वारा कुटपिट भएको थियो। उपचारका क्रममा दुबैको मृत्यु भएपछि घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा क्यापछाकी पक्राउ परेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेका क्यापछाकीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिनेछ। घटनामा अरू संलग्नको खोजी अझै जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij