Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, २ जना पक्राउ

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, २ जना पक्राउ

काठमाडौं : झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको बिर्तामोड नगरपालिका-७ खालबारीमा गएराति करिब ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि ठाउ बस्ने प्रेमकुमार राई र रामकुमार राई रहेका छन् । प्रहरीले घटनास्थलबाट खुकुरी र बसिला समेत बरामद गरेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने घटनासम्बन्धि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट