विराटनगर : विराटनगर महानगरपालिका-९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।सोमबार दिउँसो २५ वर्षीय श्रवण शाहले एक हजार रुपैयाँ नदिएको निहुँमा एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार, पीडितका श्रीमान् सन्तोष शाहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो ।घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ ।
रागिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।एसिड प्रहारपछि श्रवण भने फरार छन् । घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij