Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

रौतहट : रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय महेश मुखिया समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३ हजार ५ सय भारतीय रुपैयाँ र तास ५ बुक बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट