Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२ सय ३६ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

२ सय ३६ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

बारा : बारामा २ सय किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट अवैध लागुऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाइछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट