Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तालिम केन्द्रमै प्रहरी जवान मृत भेटिए

तालिम केन्द्रमै प्रहरी जवान मृत भेटिए

बुटवल : प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका-३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर अवस्थामा फेला परेका हुन् ।

शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतक चौधरीको शव पोस्टमर्टम गरी परिवारका सदस्यहरू जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट