काठमाडौँ : काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छन् । बागबजारको न्यु मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिवार मृत अवस्थामा भेटिएकी हुन् । गेष्ट हाउमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएकी रानाको शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij