फुङलिङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । शनिबार बिहान गुलेलीले कालो प्रजातिको अरिङ्गाल हानेपछि टोकेको घटनामा १३ वर्षीय पेम्बा शेर्पा घाइते भएका छन् ।
मृतक पेम्बालाई शरीरका करिब ४५ ठाउँमा अरिङ्गालले टोकेको र उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको स्थानीय सञ्चबीर लिम्बुले जानकारी दिए । अर्का घाइते बालकलाई शरीरका ५ ठाउँमा टोकेपनि उनको अवस्था सामान्य रहेको र भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।
प्रहरीलाई भने अहिलेसम्म घटनाबारे जानकारी नगराइएको स्थानीयले जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij