Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३ जना मृतावस्थामा फेला

३ जना मृतावस्थामा फेला

काठमाडौँ : देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटनामा तीन जना मृतावस्थामा फेला परेका छन्।प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ स्थित खेस्राहा–लहावरथकरी जाने बाटो छेउको नहरमा अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृतावस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।त्यसैगरी महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षीय राजेश कापर शुक्रबार घर नजिकैको पोखरीमा मृतावस्थामा भेटिएका छन्।

यसैबीच, इलामको सूर्योदय नगरपालिका–२ बौद्धधामस्थित झाडीमा सोही नगरपालिका–३ बस्ने तथा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घर भएका ३३ वर्षीय योगेश नेम्वाङ शनिबार मृतावस्थामा फेला परेका छन्।तीनै घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट