Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेतको संयुक्त टोलीले कार्कीलाई विरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट बिहीबार पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पाइएको हो । कार्कीमाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट