Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नयाँ भवन निर्माणका लागि बाजुराका कैदीबन्दी नेपालगञ्ज र अछाम सरुवा

नयाँ भवन निर्माणका लागि बाजुराका कैदीबन्दी नेपालगञ्ज र अछाम सरुवा

बाजुरा :  बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएका छ । कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा रहेका छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।

कारागार बाजुराको भवन नयाँ निर्माण गरिने भएकाले उनीहरुलाई अछाम र नेपालगञ्जमा सुरुवा गरिएको कारागार बाजुराले जनाएको छ । सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्रचार दिएको थियो ।

त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्रचार गरेको हो ।  त्यसपछि जिल्ला प्रशासनले यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँलाई पत्र पठाएको थियो ।

यती बेला कारागार विभाग व्यवस्थापन काठमाडौँले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।

विंस.२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६७ जना कैदी तथा थुनुवा बस्ने गरेको थिए । कैदीबन्दीले पटक–पटक कारागार पुरानो र जीर्ण बन्दै गएको र यसका मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए ।

सघन सहरी विकासअन्तर्गतको पुनर्निर्माण प्राधिकरणको नौ करोड ३५ लाखमा यती बेला बाजुरामा सुविधा सम्पन्न कारागार निर्माण हुने प्रशासक अनिलकुमार तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसको सबै टेन्डर भएर असोजदेखि यसको काम सुरु हुने भएको छ । भनव निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले जिम्मा लिएको छ । त्यसले सबै काम सम्पन्न गरेपछि मात्र हामीले त्यसलाई अनुगमन गर्दै स्वीकृत गर्ने मात्र हो ।”

अहिलेको नयाँ बन्ने कारागारमा ७५ जना पुरुष र २५ जना महिला गरी जम्मा सय जना क्षमताको कारागार बन्ने भएको छ । यसमा बाहिरमा प्रशासन सुरक्षागार्ड भवन शौचालय पर्खाल भित्र खेल मैदान खानेपानी सबै भौतिक संरचनाहरु रहने गरी नयाँ कारागार बन्न लागेको तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट