Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शिवचोकमा घरभित्रै खुकुरी प्रहार, एक महिला गम्भीर घाइते

शिवचोकमा घरभित्रै खुकुरी प्रहार, एक महिला गम्भीर घाइते

काठमाडौँ: काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७, शिवचोकमा खाना खाइरहेको अवस्थामा एक महिलामाथि खुकुरी प्रहार भएको छ। घरभित्रै प्रवेश गरी चारजनाको समूहले आक्रमण गरेको हो।

बिहीबार राति भएको यस घटनामा खुकुरी प्रहारबाट महिला गम्भीर घाइते भएकी छिन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।प्रारम्भिक अनुसन्धान अनुसार, पीडित महिला आफ्नै घरमा खाना खाइरहेका बेला अपरिचित चार जनाको समूह आएर उनीमाथि एक्कासि खुकुरी प्रहार गरेका थिए। आक्रमणकारीले के उद्देश्यले यो घटना घटाए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। घटनास्थलबाट भागेका उनीहरूलाई पक्राउ गर्न प्रहरीले व्यापक परिचालन गरेको छ। यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

यस किसिमको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिह्न खडा गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र दोषीलाई चाँडै नै कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट