Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ : देशका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-२ बस्ने ३५ वर्षीय शेर बहादुर खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता, बर्दियाको गुलरिया नगरपालिका-८ कोठियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी, बाजुराको बडीमालिका नगरपालिका-९ बाउलीबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ५ सय ६० ग्राम सहित बुढीनन्दा नगरपालिका-१० बस्ने २८ वर्षीय बिरेन्द्र थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला परेका छन् ।

सुनसरीको ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७४ मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ४ सय ४० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट