रुपन्देही : रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ ।मृत्यु हुने युवकमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु छन् ।रुपन्देहीको गैडहवा गाउँपालिका ६ मा रहेको तालमा दुबै जना बुधबार चार बजेतिर गैडहवा तालमा पौडी खेल्न गएका थिए ।
इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए ।तर दुबै जनाले ज्यान गुमाएका छन् । उनीहरु बुधबार बिहान करिब ११ बजे घरबाट गैडहवा ताल घुम्न निस्किएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij