काठमाडौं : नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो । सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ । प्रहरी वृत्त स्वम्भूमा मोहनमणि अधिकारीलाई पठाइएको छ ।
प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमललाई पठाइएको छ । प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई पठाइएको छ । वृत्त बौद्धमा सन्तोष रोकालाई पठाइएको छ । वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई खटाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ ।
जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा भएको छ ।
यस्तो छ सरुवा सूची–







© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij