Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हेटौँडामा नेपाली सेना सवार ट्रक दुर्घटना, १७ घाइते

हेटौँडामा नेपाली सेना सवार ट्रक दुर्घटना, १७ घाइते

हेटौँडा :  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा घाइते हुनुभएका १७ जनाको हेटौँडा अस्पताल र काठमाडौँको छाउनी अस्पतालमा उपचार भइरहेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा घाइते हुनुभएका मध्य हेटौँडा अस्पतालमा ११ जनाको उपचार भइरहेको छ। हेटौँडा अस्पतालमा उपसेनानी हर्ष विक्रम अधिकारी, सेना राजेन्द्रप्रसाद भट्टराई, क्षेत्रबहादुर दर्लामी, मीनबहादुर गुरुङ, प्यूठ नरसिंह थारु, प्रदीप चौधरी, सिपाही दिनेश न्यौपाने, सञ्जय रैदास, अंकित वली, वसन्त जैसी, प्रकाश साहीको उपचार भएको हो। उहाँहरूको खुट्टा, टाउको, पुठा, हात, छाती, अनुहारमा चोट लागेको छ। हेटौँडा अस्पतालमा उपचारार्थ रहेका घाइतेमध्ये तीन जनाको उपचार भइरहेको छ भने ८ जना डिस्चार्ज हुनुभएको छ।

त्यस्तै टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका ६ जनालाई सुपारीटार ब्यारेकबाट  हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको पठाइएको थियो। उहाँहरूको काठमाडौँ छाउनी अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाहरू सुनिल चौधरी, टिकाराम कँडेल, रोहित पाण्डे, भरत बिक, चक्र बोहरा, हिरामान माझीको छाउनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना भएको ट्रक घटनास्थलबाट निकालिएको छ। सेनाको सो ट्रकमा २२ जना सवार रहनुभएको थियो। मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाई स्थित नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा जाँदै गरेका चार वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट