Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सीसीटीभीका आधारमा आगजनी र हतियार लुटपाट गर्ने दुई जना पक्राउ

सीसीटीभीका आधारमा आगजनी र हतियार लुटपाट गर्ने दुई जना पक्राउ

जनकपुरधाम : जेनजी आन्दोलनको क्रममा मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।५०/६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका-९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

पक्राउ पर्नेमा जनकपुरधाम-९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन् ।यस्तै उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताएका छन् ।

चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो ।उनीहरूको साथबाट दुई दिन अघि प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट