काठमाडौँ : ललितपुरको हरिसिद्धिमा निर्माणाधीन घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियार छन् ।
निर्माणाधीन घरमा आइतबार साँझ करेन्ट लागेपछि उनलाई उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पतालमा लगिएको थियो । उपचारको क्रममा परियारको मृत्यु भएको सो घर निर्माणको ठेक्का लिएका उपेन्द्रसिंह कुँवरले जानकारी दिए ।
मोटर अन गर्दा उनलाई करेन्ट लागेको हो । मृतकका परिवारका सदस्य सम्पर्कमा आएका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij