काठमाडौँ : देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । दाङ, लमही नगरपालिका-४ ठूलोघुम्ना बस्ने ५८ वर्षीय ईश्वर चौधरी राजपुर गाउँपालिका-७ हाडबाँसस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । झापा, कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij