Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट

हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। हेटौंडा उपमहानगर-२ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उपमेयर बानियाँमाथि कुटपिट गरेका हुन्।

आइतबार बिहान उपमेयरमाथि सामान्यव्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। बानियाँ २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट