Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुनसरीमा पाँच हजार किलो गाँजा बरामद

सुनसरीमा पाँच हजार किलो गाँजा बरामद

धरान : सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोल पम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले आज बिहान करिब १ः०० बजे उक्त गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले दुई ट्रकबाट गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीरजंग थापाले जानकारी दिए ।

ना४ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा५ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको छ । प्रहरी देखेपछि घटनास्थलबाट संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको प्रवक्ता थापाले बताए । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट