Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भिडियो खिचेपछि बैंक लुटेराले फ्याँकेको ५ लाख युवकले प्रहरीलाई बुझाए

भिडियो खिचेपछि बैंक लुटेराले फ्याँकेको ५ लाख युवकले प्रहरीलाई बुझाए

काठमाडौँ : जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न सुरु गरे ।ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ ?’

त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन ?’ भदौ २४ मा साँझ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउलाले प्रहरीलाई बुझाएका छन् ।

भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका उनले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर रकम बुझाएका हुन् । बानेश्वरमा लुटेराले फ्याँकेको रकम देउलाले बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट