नेपालगन्ज : बाँके जिल्लाका विभिन्न वडासहित ग्रामीण क्षेत्रमा चोरको त्रास बढेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन्। केही ठाउँमा चोर पक्राउ परे पनि चोरीका घटना बढ्दै गएपछि त्रास अझै चर्किएको छ।
चोरहरुले खुला चुनौतीसहित पर्चा टाँस्दा सर्वसाधारण चिन्तित बनेका छन्। नेपालगन्जका विभिन्न वडामा युवाहरु समूह बनाएर रातभरि सुरक्षा ड्युटीमा खटिन थालेका छन्। केही दिनमै वडा २१ का ६ घरमा चोरी भइसकेको छ। स्थानीय सरोकारवाला र व्यवसायीहरूले प्रहरीलाई सुरक्षा कडा पार्न आग्रह गरेका छन्। नागरिक सरोकार समाजले पर्चा टाँस्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले चोरीका छिटपुट घटना भए पनि अफवाह धेरै फैलिएको जनाउनुभयो। उहाँका अनुसार सम्भावित क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ र रातिको गस्ती कडा पारिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij