Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला

कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला

सप्तरी : सप्तरीको राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका –१० स्थित सन्तपुरका ४० वर्षीय सन्तोष तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

राजविराज कारागारबाट गत भदौ २५ गते भागेका तामाङलाई सप्तरीको राजगढ गाउँपालिका –३ स्थित नर्घोमा झुन्डिएको अवस्थामा शनिबार विहान मृत भेटिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।  मृतक तामाङको शव स्थानीय मुचुल्कासहितको कानुनी प्रक्रिया पूरागरी परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको तथा आफन्तहरुसँग सम्पर्क गर्ने कार्य भइरहेको  प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

तामाङ कर्तव्य ज्यान मुद्दामा २०७५ सालदेखि राजविराज कारागारमा जेल जीवन विताइरहेका थिए । २५ बर्ष कैद सजाय तोकिएका तामाङले ७ बर्ष जेल काटिसकेको प्रबक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । कारागारभित्र आगजनी तथा मूलढोकाको ताल्चा फुटाएर बुधवार २ सय ५ जना कैदीबन्दी फरार भएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टैगरी कुल तीन ब्लकमा हाल ३ सय ९७ कैदीबन्दी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट