Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लाइभमै युवकले गरे आत्महत्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप

लाइभमै युवकले गरे आत्महत्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप

कैलाली : कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्। आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए।

‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नाङ्गै बनाएर दौडायो गाइज।’ फेसबुक लाइभमै रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए।

मृतकका दिदी हिरा धानुकले पनि राति १०ः३० बजे भाइलाई ‘जेनजी’ भन्दै कुटपिट गरिएको बताइन्। ‘सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले सञ्चारकर्मीलाई सुनाइन्।

उनले शव नउठाउने चेतावनी दिँदै मृतकका सन्तानहरूको जिम्मेवारी स्थानीय तह वा मर्न बाध्य पार्ने व्यक्तिले लिनुपर्ने माग गरिन्।

जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी भइरहेको छ। ‘उहाँहरू भिडिओ लिएर आउनु भएको थियो। किटानी जाहेरी दर्ता गर्ने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले भने, ‘घटनाको अनुसन्धान र छानबिन हुन्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट