Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दोलखामा जनजीवन सामान्य बन्दै, तीन दिनपछि कर्फ्यु र निषेधाज्ञा हटाइयो

दोलखामा जनजीवन सामान्य बन्दै, तीन दिनपछि कर्फ्यु र निषेधाज्ञा हटाइयो

दोलखा : जिल्ला प्रशासन कार्यालय, दोलखाले जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जेनजी आन्दोलनका क्रममा देशव्यापी प्रदर्शनपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै लगाइएको आदेश आज भदौ २८ गते बिहान ९ बजेदेखि हटाइएको हो ।

कर्फ्यु र निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, भदौ २३ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएका प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न आदेश जारी गरिएको थियो।

सोही परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र उपदफा (३) (क) बमोजिम प्रशासनले भदौ २५ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि दोलखाका केही स्थानमा कर्फ्यु र जिल्लाभर निषेधाज्ञा लगाएको थियो।

शनिबार बिहान ९ बजेदेखि उक्त दुवै आदेश पूर्ण रूपमा हटाइएको प्रशासनले जनाएको छ। आदेश फुकुवा भएसँगै जिल्लाभरि यातायात, बजार र अन्य गतिविधिहरू सामान्य रूपमा सञ्चालन हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट