विराटनगर : मोरङ जिल्लामा यसअघि जारी गरिएको कर्फ्यु र निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको ठहर गर्दै ती आदेशहरू अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता लिएको हो। यससँगै, लामो समयदेखि प्रभावित जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ।
जिल्लाको शान्ति सुरक्षाको अवस्थामा उल्लेखनीय सुधार आएको र स्थिति सामान्य बनेकोले जिल्ला प्रशासन कार्यालयले आज बिहान १०:०० बजेदेखि लागू हुनेगरी सबै प्रतिबन्धात्मक आदेशहरू फिर्ता लिएको हो।
यस निर्णयसँगै मोरङ जिल्लाभरका सर्वसाधारणले अब निर्बाध रूपमा आ-आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न सक्नेछन्। प्रशासनले सम्पूर्ण सर्वसाधारणलाई शान्तिपूर्ण वातावरण कायम राख्न सहयोगको लागि पनि अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij