महोत्तरी : आन्दोलनको मौका छोपी महोत्तरीमा एक सामुदायिक वनबाट १८३ वटा सालको रुखहरू कटान भएको छ । वर्दिवास नगरपालिका ५ स्थित टुटेश्वनाथ साझेदारी वन उपभोक्ता समितिको मातहतमा रहेको सो सामुदायिक वनबाट सो परिमाणको रुखहरू काटिएको हो ।
आन्दोलनको दिन युवाहरूको एक समूह दिउँसोको समयमा कार्यालयमा पुगि आगजनीको प्रयास गरिएको उपभोक्ता समितिका अध्यक्ष विनय झाले बताए । अध्यक्ष झाका अनु्सार सोही दिन उक्त समूहले १८ वटा रुखहरू कटान गरेका छन् भने त्यसको भोलिपल्ट थप १६५ वटा रुखहरू कटान गरिएको हो ।
उनले भने, ‘त्यस दिनको घटनापछि प्रहरीले बुधबार रुख कटानमा संलग्ने आरोपमा कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरि नियन्त्रणमा लिएको थियो । तर, सयौँ गाउँलेले प्रहरीलाई घेराबन्दी गरेपछि उनीहरूलाई छाडेको थियो ।’
आन्दोलनको मौका छोपी गरिएको रुख कटानको सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गर्नका लागि वन कार्यालयलाई आफूले निर्देशन दिई सकेको प्रमु्ख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । यस कार्यमा संलग्न जो सुकै व्यक्ति भए पनि वन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिसालले प्रतिबद्धता जाहेर गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij