Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीएनआईको आग्रह

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीएनआईको आग्रह

काठमाडौँ : नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो जनाएको हो ।परिसंघले देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतिप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

परिसंघले भनेको छ,‘ सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकाङ्क्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ ।’आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको परिसंघले बताएको छ ।

परिसंघले औद्योगिक एवं व्यावसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको बताएको छ ।

लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्बाध रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघ आग्रह गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माण लागि खर्बौँ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गरेको छ ।

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउने बताएको छ । विज्ञप्तिमा भनेको छ,‘ नयाँ पुस्ताले चाहेको आकाङ्क्षालाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भीर प्रयत्नशील बन्नुपर्ने हाम्रो बुझाई छ । युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट सशक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता बिहीबार साँझ सम्पन्न परिसंघको राष्ट्रिय परिषद बैठकले गरेको जानकारी समेत गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट