Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा निषेधाज्ञा जारी

रौतहटमा निषेधाज्ञा जारी

रौतहट : रौतहट जिल्लाको पछिल्लो सुरक्षा परिस्थिति विचार गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । सिडिओ विनोद कुमार खड्काले शनिवार एक सूचना जारी गरी कर्फ्यु आदेश बारे जानकारी गराएका हुन्।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ७ बमोजिम जारी गरिएको आदेशअनुसार भदौ २८ गते शनिवार आज बिहान ६:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यस्तै, सोही दिन बेलुकी ९:०० बजेदेखि भदौ २९ गते बिहान ६:०० बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ ।

निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी मानिस भेला वा जमघट गर्न नपाइने, यातायातका साधन (सार्वजनिक तथा निजी) सञ्चालनमा रोक लगाइने तर आकस्मिक सेवाका सवारी साधन (एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, सब्जी, दुग्ध पदार्थ तथा दुध दुहाईका साधन) मा भने रोक नहुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको सिडिओ विनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट