Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रविलाई दिएको पत्रबारे कारागारका महानिर्देशक भन्छन्, ‘अहिले टिप्पणी नगरौँ’

रविलाई दिएको पत्रबारे कारागारका महानिर्देशक भन्छन्, ‘अहिले टिप्पणी नगरौँ’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिएर एउटा पत्र सार्वजनिक गरे । नख्खुका जेलर सत्यराज जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख छ ।

जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

भदौ २४ मा जेनजी प्रदर्शनकारीले दबाब दिएपछि कारागार बाहिर आएका लामिछानेलाई प्रशासनले दिएको पत्रबारे आलोचना भएको छ । अदालतको आदेशले थुनामा राखिएका लामिछानेलाई सो निकायकै आदेशमा मात्र थुनामुक्त गर्न मिल्छ । तर, कारागार प्रशासनले दिएको पत्रबारे कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाराज शर्माले भने, ‘त्यसबारे बुझ्नै पाएको छैन ।’

विभागको काम कारागार कार्यालयहरूको अनुगमन र लजिष्टिक सपोर्ट रहेको उल्लेख गर्दै शर्माले भने, ‘हामी भागेका कैदीहरूलाई सम्पर्कमा ल्याउने काममा छौँ, त्यो पत्रबारे अहिले टिप्पणी गर्नु हतार हुन्छ ।’

कारागारबाट भागेका २ हजारभन्दाबढी कैदीबन्दी सम्पर्कमा आएको शर्माले जानकारी दिए । १३ हजार कैदीबन्दी कारागार र बालसुधार गृहबाट भागेका छन् । उनले भने, ‘हामी ११ हजार कैदीलाई सम्पर्कमा ल्याउने प्रयासमा छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट