Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दीपकराज गिरीलाई धम्की

दीपकराज गिरीलाई धम्की

काठमाडौँ : कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार एक पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

केही दिन अगाडिबाट इनबक्स र फोनमार्फत धम्कीहरू आइरहेको उनले बताए । ‘अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । केहीले इनबक्समा त, केहीले कल नै गरेर’, उनले अगाडि भनेका छन् ‘उनीहरूको भनाई थियो जेनजीलाई उकास्ने त ? कलाकार भएर जेनजी तिर लाग्ने ?’

जेनजी पुस्ताका युवाहरूले गत साेमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायत विरूद्ध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट