Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी : नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारी साधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट