Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धरानको भाटभटेनीमा आगजनी, जलेर खरानी अवस्थामा एक जनाको शव फेला

धरानको भाटभटेनीमा आगजनी, जलेर खरानी अवस्थामा एक जनाको शव फेला

धरान : धरान उपमहानगरपालिकाको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

धरान –१० स्थित पुतली लाईनमा रहेको भाटेनीमा जेनजी आन्दोलनको दोस्रो दिनको प्रदर्शनमा अराजक समूहले आगो लगाउँदा एक जनाको आगोले शव जलेर शरीरको आकारमा खरानी भेटिएको धरान –१० को वडाध्यक्ष बिबेक राईले बताउनुभयो ।

आगलागी भएको २ दिनपछि आगो पूर्णरुपमा निभाएर खोजी गर्दा उक्त शव भाट्भटेनीको दोस्रो फ्लोरमा खप्पर, दाँत एवम् हड्डीको केही अवशेष मात्र भेटिएको छ। शव कस्को हो भन्ने थाहा नभएको डिनए चेक गरेर मात्र थाहा हुने उहाँले बताउनुभयो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्ने बताएका छन् । अझै दुई जनाको शव हुनसक्ने स्थानीयले आशंका गरेका छन् । आगजनीको बेलामा ३ जना प्रदर्शनकारीहरु त्यहा फसेको स्थानीयहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट