Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोरङमा निषेधाज्ञा र कर्फ्यु आदेश कायमै

मोरङमा निषेधाज्ञा र कर्फ्यु आदेश कायमै

विराटनगर : मोरङ प्रशासनले जिल्लामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई आज पनि जारी राखेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आज सूचना जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी गरेका हुन् ।

बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मोरङ जिल्लाभरका सार्वजनिक स्थानमा ५ (पाँच) जनाभन्दा बढी सङ्ख्यामा भेला जम्मा हुन/गर्न नपाउने, कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नालगायतका गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

यस्तै बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि मोरङ जिल्लाभर कर्फ्यु आदेश जारी गरिएको छ। यस अवधिमा दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीजस्ता अत्यावश्यक सवारी साधन तथा सेवाबाहेक अन्य कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना वा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

morang

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट