Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

देउखुरीको राप्ती नदीमा डुबेर एक जना बेपत्ता

देउखुरीको राप्ती नदीमा डुबेर एक जना बेपत्ता

देउखुरी :  देउखुरीको राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । लमही नगरपालिका-४ बड्का घुम्ना निवासी ५५ वर्षीया ईश्वर चौधरी नदीमा खसेर बेपत्ता भएका हुन् ।

चौधरी बिहिबार बेलुकी ६ बजे राप्ती पारीबाट वारि घर आउँदै थिए । लमही-कोइलावास सडक खण्डको बलरामपुर पुल आसपास नदिको डिलबाट राप्ती नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा अर्जुनखोलाका प्रमुख अर्जुन खत्रीले जानकारी दिनुभयो ।

बेपत्ता भएका चौधरीलाई तालिम प्राप्त उद्दार शसस्त्र प्रहरीको टाली र वडा प्रहरी कार्यालय लमहीले संयुक्तरूपमा खोजीकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट