बैतडी : मङ्गलबार राति बैतडी कारागारमा भएको तोडफोड र आगजनीपछि फरार भएका कैदीमध्ये १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार कारागारमा रहेका ६२ कैदीमध्ये एक जना नभागी कारागारमै बसेका छन् भने बाँकी फरार कैदीहरूमध्ये नौ जनालाई पनि प्रहरीले पछिल्ला दिनमा नियन्त्रणमा लिएको छ ।
फरार भएका अन्य कैदीको खोजीका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको निरीक्षक पाण्डेयले बताउनुभयो । फरार अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको र अपराधिक गतिविधि हुन नदिन स्थानीयलाई पनि सजग रहन अपिल गरिएको उहाँले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij