Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महोत्तरीकाे जिल्ला कारागारमा फर्किए ५९ जना कैदीबन्दी

महोत्तरीकाे जिल्ला कारागारमा फर्किए ५९ जना कैदीबन्दी

महोत्तरी : जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेपछि बिहीबार रातिसम्म ५९ कैदीबन्दी कारागार फिर्ता भएका छन् ।

जिल्ला कारागार महोत्तरीका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले फर्किन आग्रह गरेपछि बिहीबार रातिसम्म ५९ कैदीबन्दी फर्किएको बताउनुभयो । उहाँले भारतीय प्रहरीले नेपालको सुरक्षाकर्मीलाई बुझाएको १३ जना तथा आफैँ आएको ४५ जना र कारागारबाट नभागेका एकजना कैदीसहित ५९ जना कारागार फर्किएको बताउनुभयो । उहाँले आजसम्ममा पनि अरु कैदीबन्दी आउन सक्ने सम्भावना रहेको बताउनुभयो ।

महोत्तरी र धनुषा जिल्लाका लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले वुधबार साँझ एक अपिल जारी गर्नुहुँदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन आग्रह गर्नुभएको थियो ।

यही भदौ २४ गते साँझ जेनजीहरुको आन्दोलनले गर्दा जलेश्वर कारागारमा रहेका ५७७ कैदीबन्दीमध्ये ५७६ कैदीबन्दी भागेका थिए । मङ्गलबार साँझ ७ बजे लाठीसहित आन्दोलनकारीहरु आएपछि कैदीबन्दीहरु समेत पर्खाल भत्काउँदै भागेको थियो ।

भारतीय प्रहरीले पक्राउ गरेका धनुषा मुसहरिनिया गाउँपालिका –५ मुखियापटिका रामगुलाम महतो, धनुषा हसपुर नगरपालिका–३ सुनगामा टोलका बिनोद राय, महोत्तरी मटिहानी नगरपालिका–१ धिरापुरका मुजाहिद अंसारी, धनुषा जनकपुर–२१ मण्डलटोलका इन्द्रेस मण्डल, महोत्तरी गौशाला नगरपालिका–४ रजखोरका सुरेन्द्र साह सोनार, भारत बैशालीका आनन्द मोहन कुमार, धनुषा सहिद नगरनगरपालिका–३ का कृष्णकुमार महतो, भारत सितामढीका बलबिन कुमार महतो, भारत सितामढी रतनपुरका जियाउल रहमान, चकिया थाना, पूर्वी चम्पारण, भारत घर भएका गुड्डु कुमार यादव, जलेश्वर नगरपालिका–१ का रेयाज दफाली, मकवानपुर जिल्ला हेटौंडा, वडा नं. ३ का राजेश तामाङलाई नेपाल प्रहरीको जिम्मा लगाएर कारागार फकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट