सुर्खेत : सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ स्थित एक होटलबाट जुवातास खेलिरहेका सात जनालाई नगद ६० हजार रुपैयाँसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार बिहीबार साँझ ७ बजेको समयमा वीरेन्द्रनगर–६ बस्ने सन्देश रावतले सञ्चालन गरेको 'टास्किङ होटल'मा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
१, देवेन्द्र अधिकारी, वर्ष ३०, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
२, धर्म भण्डारी, वर्ष ३४, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
३, तिलक प्रसाद पौडेल, वर्ष २०, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
४, गणेश खड्का, वर्ष ३१, वीरेन्द्रनगर नगरपालिका–४, सुर्खेत
५, टेक बहादुर गिरी, वर्ष ३३, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत
६, रवीन्द्र थापा, वर्ष ३१, वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेत
७, तेजराम पाण्डे, वर्ष ३२, वीरेन्द्रनगर नगरपालिका-६, सुर्खेत
प्रहरीले जुवातास ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij