रौतहट : रौतहटको ईशनाथ नगरपालिका–१ वनजरहा स्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो पाँच जना किशोरहरू नदीमा नुहाउन गएका बेला अचानक आएको भेलले १५ वर्षीय बिगन साहलाई बगाएको हो। अन्य चार जना भने सकुशल नदीबाट बाहिर निस्कन सफल भएका थिए।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार नदीमा बेपत्ता भएको साहको खोजी कार्य स्थानीयवासी र प्रहरीको सहयोगमा भइरहेको छ। तर, अहिलेसम्म फेला पार्न सकिएको छैन।स्थानीयलाई सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले नदी किनार क्षेत्रमा आवतजावत गर्दा सतर्क रहन समेत अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij