Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किए

प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किए

काठमाडौँ :  सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएकामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।

तीनसय २१ जना देशका विभिन्न ४१ अस्पतालमा उपचारत छन्। घाइतेमध्ये ३५ जनाको शल्यक्रिया भएको छ । सिभिल अस्पतालमा उपचारका लागि पुगेका ४४२ घाइतेमध्ये २१ जनाको शल्यक्रिया गरिएको छ। ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ। त्यसैगरी नारायणी अस्पतालमा नौजना घाइतेमध्ये तीन जनाको शल्यक्रिया गरिएको छ ।

मृत्यु हुने घाइतेको संख्या ३४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिनुभयो। त्यसैगरी, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै वयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौँ बाहिरका भेरी अस्पतालमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बिएनसी अस्पताल बिर्तमोडमा एक र बिर्तासिटी अस्पतालमा एक–एकजनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट