Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीनकुनेमा दुई जना मृत फेला

तीनकुनेमा दुई जना मृत फेला

काठमाडौँ : काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट