Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा सवारी दुर्घटना, वृद्धको मृत्यु

झापामा सवारी दुर्घटना, वृद्धको मृत्यु

झापा : झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र.३.०२.००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । इलामाबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट