Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलाली कारागारमा तोडफोडपछि भागेका केही कैदी स्वेच्छाले फर्किन इच्छुक, प्रशासनसँग सम्पर्क सुरु

कैलाली कारागारमा तोडफोडपछि भागेका केही कैदी स्वेच्छाले फर्किन इच्छुक, प्रशासनसँग सम्पर्क सुरु

धनगढी  : जेनजी आन्दोेलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदीबन्दी कारागार कार्यालयकोे सम्पर्कमा आएका छन् ।

हुलमुलमा कुटपिट हुन सक्ने डरले मंगलबार भागेको भन्दै केही कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जानकारी दिएको छ । उनीहरुले विहानदेखि फोन गरेर आफूहरु फर्केर कारागारमा आउन चाहेको जेलर चिरञ्जिवी सापकोटाले बताउनुभयो । “सबै कैदी खराब आचरणका थिएनन्” उहाँले भन्नुभयो, “असल आचरण भएका केही कैदीहरु आफै सम्पर्क गरेर फर्कने बताएका छन् ।”

जेनजी आन्दोलनकारीले कारागारमा तोडफोड गरेपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये एक जनाबाहेक सबै निस्केर गएका थिए । ठुलो संख्यामा आन्दोेलनकारी आएर तोडफोड र आगजनी गरेको र कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ । कारागारको सीसी टिभी, कम्प्युटर, टिभी, भिडियो कन्फरेन्समार्फत पेसीमा सहभागी हुने टिभी सबै फुटाएको जनाइएको छ ।

सुरक्षाको दृष्टिकोणले तत्काल कैदीबन्दी राख्न सकिने अवस्था पनि नरहेको जेलर सापकोटाले बताउनुभयो । उहाँले कैदीबन्दी भागेपछि सुरक्षा चुनौती झन बढेको उल्लेख गर्नुभयो । गत साउन २३ गते कैलाली कारागारमा दुई पक्षका कैदीबन्दीबिच हिंसात्मक झडप भएको थियो । झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो । ४८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट