काठमाडौँ : नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिले देशमा दन्किरहेको डढेलोमा पेट्रोल छर्ने काम गरेको आरोप लगाएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले निहत्था नवयुवाहरूको नरसंहार गरेर नेपालको इतिहासमा कालो पोतेको बताएका छन् ।
जेनजी पुस्ताले गरेको आन्दोलनमाथि सरकारले दमन गर्दा सोमबार कम्तीमा १९ जना जेनजीको मृत्यु भएको थियो । सरकारी दमनको आक्रोशमा मंगलबार देशभर राजनीतिक दलका नेताहरू, तीनका घर र सार्वजनिक सम्पत्ति ध्वस्त बनाएका थिए ।
‘नवफाँसीवादी ओली सरकारले जसरी निहत्था नवयुवाहरूको नरसंहार गर्यो, त्यो नेपालको इतिहासमा सधैँ कालो दिनको रूपमा अंकित रहनेछ । त्यो फाँसीवादी कदमको जति भर्त्सना गरे पनि कम नै हुनेछ,’ उनले लेखेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij