Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले लगाएको आगो नियन्त्रणमा

जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले लगाएको आगो नियन्त्रणमा

काभ्रेपलाञ्चोक : जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले दिउँसो १२ बजेतिर गरेको आगजनी नियन्त्रणमा आएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा लिएको जानकारी दिए।

कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागाारमा रहेका २८३ कैदीबन्दी सुरक्षित रहेको प्रहरीले जनाएको छ।आगजनी गर्ने सागर मैनाली लगायत ४ जनालाई कारागार भीत्र असुरक्षा भएपछी बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शाहले जानकारी दिए ।कारागार सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट