Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महाराजगञ्ज वृत्तका २ जना प्रहरीको मृत्यु

महाराजगञ्ज वृत्तका २ जना प्रहरीको मृत्यु

काठमाडौं : प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ ।मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।सामाजिक सञ्जालहरुमा महाराजगञ्जमा कार्यरत डिएसपीको हत्या भएको भनेर विभिन्न भिडियोहरु सार्वजनिक भएपनि त्यसको पुष्टि भने हुन सकेको छैन ।

बाँकी कहाँ कति प्रहरीको  मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन  विवरण आउन सकेको छैन । जेनजीको प्रदर्शनका क्रममा प्रहरीहरुमाथि धेरै स्थानमा आक्रमण भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीका हतियार समेत लुटेर लगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट